गण्डकीका चार मन्त्रीले लिए शपथ, अर्थमन्त्रीमा तनहुँका जीतप्रकाश आलेमगर
पाेखरा | बैशाख २९, २०८०
पोखरा: गण्डकी प्रदेशका नवनियुक्त चार मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नेपाली कांग्रेसबाट तनहुँका जीतप्रकाश आलेमगर आर्थिक मामिलामन्त्री, बागलुङका दिपेन्द्र थापामगर उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, नवलपुरका महेन्द्रध्वज जिसी कृषि तथा भूमि व्यवस्थामन्त्री र यस्तै माओवादी केन्द्रबाट म्याग्दीका रेशम जुग्जाली (सुविन) भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री नियुक्तसँगै आज पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
उनीहरूलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शपथ खुवाएका हुन् । यो सँगै गण्डकीमा ७ सदस्यी मन्त्रिपरिषद् गठन भएको हो ।
यस्तै स्याङ्जाकी सरस्वती तिवारी अर्याल उर्जा, जलस्रोत तथा खानेपानीमन्त्री र सुशीला सिम्खडा सामाजिक विकास तथा स्वास्थ्यमन्त्रीमा नियुक्त भएका छन् ।
वैशाख १४ गते गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका सुरेन्द्रराज पाण्डेले अर्याल र सिम्खडालाई विना विभागीयमन्त्रीमा नियुक्त गरेका थिए ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

